नियम ७६
नक्कल प्रमाणित गरी दिने
नक्कलको निमित्त निवेदकले चाहिने दस्तुर चुक्ता दाखिल गरेको दिन तहसिल शाखा अन्तर्गतको भए तहसिलदारले र सोबाहेक अन्यमा स्रेस्तेदारले सक्कल वा नक्कल बमोजिमको नक्कल दुरूस्त छ भन्ने लेखी सही गरी अदालतको छाप लगाएर निवेदनपत्रको निर्धारित ठाउँमा निवेदकको सही गराई नक्कलदिनु पर्नेछ।